
काठमाडौं । सत्य तथ्य नबुझिकन बजार अनुगमनमा विभाग हाम फालेर जान नसकेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले बताए ।
सही सूचनाको आधारमा मात्र अनुगमनमा जाने र हचुवाको भरमा आफुहरु बजार अनुगमनमा नगएको पुष्टि पारेका छन् ।
‘बजार अनुगमन, अपराध अनुसन्धानमा लागूऔषधको अवस्था र नियन्त्रणका उपायहरु’ विषयक सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै सुवेदीले बजार अनुगमन कुनै मापदण्डमा वा सूचनामा आधारित गर्नु पर्ने भएको छ ।
विभागले व्यवस्थित अनुगमन गरे भोलीसम्म दिगो खालको प्रभाव पार्ने सूचना र मापदण्डमा आधारित हुनु पर्नेमा जोड दिए ।
अनुगमन गर्नको लागि अन्य विभाग र निकायसंगको समुन्वय पनि आवश्यक रहेको उनले बताए । अनुगमनमा जाने निकायले आचार संहिताको पालना गर्नु पर्नेमा उनले दावी गरेका छन् । अहिले विभागले बजार अनुगमनमा जाने टोलीको आचारसंहिता मस्यौदा तयार पारेको बताए । त्यसमा विज्ञहरुको समेत सहयोग रहेको महानिर्देशक सुवेदीले बताए ।
सुवेदीले भने, बजारमा मूल्य सुची हेर्दा मूल्य मिल्यो कि मिलेन भनेर त्यहाँ एउटा प्रश्न छ, राज्यले मुल्य त तोक्दैन तर मुल्य के आधारमा तोकिन्छ भनेर एउटा आधार दिन सक्छौ ।
त्यसैले बजारको तह तथा मूल्य निर्धारण मापदण्ड तयार गरी रहेको बताए । सुची अद्यावधिक बिषयको पनि मस्यौदा तयार गरिरहेको बताए । अनलाइन ट्रेन्डिङलाई कानुनी दायरामा ल्याउन मस्यौदा बनाउनको लागि बिज्ञहरुको सहयोग लिइरहेको उनले बताए ।
चाडपर्वमा मात्र अनुगमन गर्ने अन्य समय अनुगमन निकाय सेलायो भनेर नभन्न समेत सुवेदीले आग्रह गरेका छन् । अहिले पनि दैनिक रुपमा उपत्यका र उपत्यका बाहिरका जिल्लामा दैनिक बजार अनुगमन गरिरहेको अन्तरक्रिया कार्यक्रममा जानकारी दिए ।
जुन जुन निकायसंग विज्ञ्यता छ उनीहरुकै प्रयोग गरी अगाडी बढी रहेको बताए । अहिले अनुगमनलाई भर पर्दो कसरी बनाउने भनेर बजार अनुगमनको रणनीतिक कार्ययोजना बारेमा मन्त्रालयमा छलफल भइरहेको बताए ।
अनुगमनलाई प्रभावकारी बनाउन निर्देशकको मात्र भुमिका नभई अन्य पक्षहरुको पनि भुमिका रहनु पर्ने उनले बताए । उपभोक्ता आफु स्वयं पनि अनुगमनकर्ता बन्नु पर्ने आवश्यक रहेको औंल्याए ।
प्रतिक्रिया दिनुहोस