aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पूर्वअधिराजकमारी प्रेरणाले २२ दिन घर छाड्नु पर्ने

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, १६ माघ २०७६
पूर्वअधिराजकमारी प्रेरणाले २२ दिन घर छाड्नु पर्ने

काठमाडौँ।  नेपाल ट्रस्टको नाममा रहेको छाउनीस्थित १५ रोपनी जग्गा पूर्वअधिराजकमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले २० दिनभित्र खाली
गर्नुपर्ने भएको छ । सिंहले आफूले दाइजोबापत सो जग्गा पाएको दाबी गरे पनि सर्वोच्चले ११ पुस २०७३ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरू दीपककुमार कार्की र सपना मल्ल प्रधानको पूर्ण इजलासले घर जग्गा दाइजो नठहर्ने फैसला गरेको थियो।

नेपाल ट्रस्टले सर्वोच्चको फैसला कार्यान्वयन गर्न भन्दै सिंहको नाममा पत्र काटेपछि पुनरावलोकनको माग गर्दै उनले निवदेन दिएकी थिइन्।सर्वोच्चबाट भएको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दिएपछी नेपाल ट्रष्ट केही समय हच्किएको थियो।

ट्रष्टले काठमाडौं महानगरपालिका-१३ छाउनीस्थित कित्ता नम्बर २५ को १५ रोपनी एक आना एक पैसामा रहेको कम्पाउन्ड बालसहितको विजया घरसमेतको जग्गा धनी प्रमाणपुर्जा नेपाल ट्रस्टको कार्यालयको नाममा कायम भइसकेको जनाएको छ।

पूर्वअधिराजकुमारी सिंहले अटेर गरेपछि केही समयअघि मात्रै नेपाल ट्रस्टले पत्रिकामा सूचना निकालेर घरजग्गा खाली गर्न भनेको छ । अब उनले घरजग्गा खाली गर्ने समय २२ दिन मात्रै छ। घर खाली नभए नेपाल ट्रस्टले कानुनी प्रक्रियाअघि बढाउने जनाएको छ। पूर्वअधिराजकुमारी प्ररेणा सिंहले पैतृक सम्पतिको नाममा आफूले बाबुबाट दाइजो पाएको दाबी गर्दै आए पनि सर्वोच्च अदालतले भने सो जग्गा नेपाल ट्रस्टकै नामको रहेको फैसला गरेको थियो।

प्रतिक्रिया दिनुहोस