aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

लक्ष्य अनुसारको राजस्व संकलन गर्न सरकार असफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ बैशाख २०७६
लक्ष्य अनुसारको राजस्व संकलन गर्न सरकार असफल

काठमाडौं । सरकारले अघिल्लो वर्षको तुलनामा राजस्व केही बढी संकलन गरेपनि लक्ष्य अनुसारको संकलन गर्न भने असफल भएको छ । आन्तरिक राजस्व विभागका अनुसार चैत्र मसान्तसम्म ५ खर्ब ८८ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।

विभागले अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ दशमलव चार चार प्रतिशत बढी संकलन गरेपनि लक्ष्य भन्दा कम हो । लक्ष्यअनुसार सो अविधिमा ६ खर्ब ७४ अर्ब ५७ करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्ने थियो । सरकार लक्ष्य भन्दा १२ दशमलव छ नौ प्रतिशत अर्थात करिब ८८ अर्ब रुपैयाँले पछाडि परेको छ ।

भन्सार विन्दुमा गरेको सुधार तथा आन्तरिक राजश्व संकलनमा गरेको कडाइका कारण राजश्व संकलनमा वृद्धि हुने अनुमान गरेपनि सरकारको महत्वाकांक्षी लक्ष्य संन्तोषजनक देखिएको छैन् । राजश्व संकलन संन्तोषजनक नदेखिए पछि अर्थमन्त्री डा। युवराज खतिवडाले कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोड्न र अनावश्यक क्षेत्रमा कर असुली नगर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले करको दायरा बढाउन ढिलाई गर्न नहुने भन्दै आर्थिक वृद्धिदर भएका क्षेत्रहरुमा विशेष निगरानि बढाउन सचेत गराए । कृषि क्षेत्रबाहेकका अन्य क्षेत्रमा आठ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएकाले त्यस्ता क्षेत्रमा करको दायरा बढाउन ढिलाई गर्न नहुने उनको भनाई छ ।

अर्थमन्त्री खतिवडाले बिक्री मूल्यमै कर असुली गर्न पनि विभागका कर्मचारीलाई सचेत गराए । उनले सेवा तथा वस्तु बिक्री गर्ने तर कर तीर्न महिनौं लगाउने प्रथाको अन्त्य गरेर अघि बढने योजना अगाडी बढाउन आग्रह पनि गरे ।आजको कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस