aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

बाथरुममा पसेका पतिपत्नीको निस्सासिएर ज्यान गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ माघ २०७६
बाथरुममा पसेका पतिपत्नीको निस्सासिएर ज्यान गयो

ललितपुर । ललितपुरको तिखेदेवलस्थित स्थित फिट एन्ड फाइन एरोबिक फिटनेसको बाथरुममा नुहाउन पसेका पतिपत्नीको निस्सासिएर ज्यान गएको छ ।

ललितपुर महानगरीय प्रहरीले दिएको जानकारी अनुसार तिखेदेवलस्थित उक्त हेल्थ क्लबको ‘साउना बाथरुमा नुहाउने क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा हस्त गर्बुजामगर (४२) र उनकी श्रीमती नेत्रकुमारी (३९) रहेको प्रहरीले जनाएको छ ।

तातोपानी भएको साउना बाथरुममा रिल्याक्स गर्न भनी पसेर सो दम्पती अबेरसम्म ननिस्किएपछि बाथरुमको ढोका फोडेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए । बढी समय बाथरुमभित्रै रहेकाले अक्सिजनको अभाव हुन गई सो घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बेहोश अवस्थामा भेटिएका उनीहरुको तत्काल उद्धार गरी पाटन अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकले उनीहरूलाई तत्कालै मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

हस्त गर्बुजामगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव भएको अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको ललितपुर महानगरीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस