
काठमाडौं । एक साताअघि राजधानीको सोल्टीमोडस्थित एक होटलमा बंगलादेशी नागरिक मोहद्दिन अहम्मदको हत्यामा संलग्न सिरहाको लहानबाट पक्राउ परेका छन् ।
साथी हत्या आरोपमा पक्राउ परेका बंगलादेशी नागरिक दुलानीया मियाँले रकम लिएर लेबनान नपठाइदिएपछि ह्विस्कीको बोतलले हानेर अहमेद मौदिनको हत्या गरेको स्वीकार गरेका छन् ।
अहमेद मौदिनले लेबनान पठाइ दिने भन्दै साढे तीन लाख रुपैयाँ लिएको बयानका क्रममा मियाँले बताएका छन्। बंगलादेशी नागरिक अहमेद मौदिन हत्यामा संलग्न भएको आरोपमा मियाँलाई प्रहरीले बुधबार पक्राउ परेको थियाे ।
अहम्मदको हत्यामा संलग्न उनकै साथी दुल्लाह मियाँ ९ दिनपछि भारत भाग्दै गर्दा पक्राउ परेका हुन् ।
काठमाडौं परिसरका डीएसपी होबिन्द्र बोगटीका अनुसार झापाको काँकटभिट्टाबाट लाहान आएका उनी पक्राउ परेका हुन्। दुलामियाँ बंगलादेश र भारतको सीमामा बस्दै आएको अनुसन्धानबाट खुलेको छ ।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा महानगरीय प्रहरी परिसर काठमाडौं र इलाका प्रहरी कार्यालय अनारमणीको टोलीले पक्राउ गरेको थियाे ।
प्रतिक्रिया दिनुहोस