
काठमाडौं । टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटिएस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला (टोयोटा डिलर्स मिट २०२०) यस बर्षका लागि आधिकारिक रुपमा सम्पन्न भएको छ । गत सोमबार पोखरास्थित होटल बाराहीमा संचालन गरिएको उक्त बैठकमा यूटिएसकी प्रबन्ध निर्देशक रीतु वैद्य लगायत देशभरका टोयोटा थ्री एस डिलरहरुले सहभागितामा डिलर्स मिट २०२० सम्पन्न भएको हो ।
उक्त भेलाको उद्देश्य यूटिएसले वर्षौँदेखि ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अभैm व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको थियो ।
ग्राहक वर्गमाझ सर्वाधिक रुपमा लोकप्रिय रहेको ब्राण्ड टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समय देखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ । अधिराज्यभर पैmलिएको बिक्री वितरण सन्जाल, सेवा केन्द्रले प्रदान गर्दै आएको सहज सेवा तथा सुविधाका कारण ग्राहकको आँखामा विश्वाशिलो ब्राण्ड बन्न पुगेको टोयोटा भविश्यमा पनि यसरी नै ग्राहकको सेवा र सहजतामा तत्पर रहने कुरामा अडिग रहेको छ ।
प्रतिक्रिया दिनुहोस