
सन्धुली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले महोत्तरी सब डिभिजन वनका अधिकृतलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
अख्तियारले विहीबार दिउँसो सेवाग्राहीबाट लिएको १५ हजार घुस रकमसहित अधिकृत राम अशिषलाई नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला सरकारी वकिलको कार्यालय हाताभित्रबाटै नियन्त्रणमा लिएको हो ।
उनले मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीबाट उक्त घुस रकम लिएका थिए । अहिले उनलाई बर्दिबासस्थित अख्तियारको कार्यालय लैजाने तयारी भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस