aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

रुस्लान भोड्का देशबाहिर पनि पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ माघ २०७६
रुस्लान भोड्का देशबाहिर पनि पाइने

काठमाडाैं । रुस्लानले आफ्नो बजारलाई देशबाहिर पनि विस्तार गर्न सूरु गरेको छ । 

रुस्लान भोड्का अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियाका बजारमा पनि पाइने छ ।

‘नेपाली बजारमा पारखीको पहिलो रोजाईको ब्राण्ड बन्न सफल रुस्लानले विदेशी बजारमा पनि आफ्नो छाप छोड्न सफल हुनेमा विश्वस्त छु’ जावलाखेल गु्रप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले भने ।

चीन, थाइल्याण्ड लगायतका देशहरुमा पनि ब्राण्डको निकासीका लागि पहल भइरहेको रुसद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


 

प्रतिक्रिया दिनुहोस