
काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम प्रणाली समस्या देखिएपछि फारम भर्न बन्द भएको छ । यातायात व्यवस्था विभागको पोखरा र बुटबल शाखामा बिहीबार दिउसोदेखि अनलाइन प्रणालीमा समस्या आएको हो ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले ती ठाउँबाट एकैपटक थुप्रै फारम भरेको पाइएको जानकारी दिए । महानिर्देशक हमालले तत्कालका लागि अनलाईन फारम भर्न बन्द गरिएको बताए । पोखरा बुटबलसँगै काठमाडौंमा पनि अनलाइन फारम भर्न बन्द गरिएको हो ।
विभगाले सूचना जारी गरेर तत्कालका लागि अनलाइन फारम प्रणाली बन्द गरिएको जनाएको छ । सूचनामा सवारी चालक अनुमतिपत्रसम्बन्धी अनलाइन प्रणलीमा समस्या आएको नभनेर परिमार्जन गर्न लागिएकाले हाललाई बन्द गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस