
काठमाडौँ । महोत्तरी जिल्लाको जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय, बखरीमा कार्यरत रेञ्जर (अधिकृतस्तर) रामअशिष यादव १५ हजार रुपियाँ घुस रकम सहित पक्राउ परेका छन् ।
रञ्जर यादवले महोत्तरीको एकडारा गाउँपालिका वडा नं २ को सिफारिससहित घरायसी चिरान काठ लोड गरेको ट्रयाक्टर नियन्त्रणमा लिई बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरेका थिए ।
उक्त सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट पन्ध्र हजार रुपियाँ घुस लिइसकेको अवस्थामा जिल्ला सरकारी वकिलको कार्यालय महोत्तरीबाट नियन्त्रणमा लिइएको हो ।
प्रतिक्रिया दिनुहोस