
काठमाडौं । मिथिला लघुवित्तले यस वर्षको दोस्रो त्रैमासमा रू. १ करोड ६४ लाख ७० हजार खुद नाफा गरेको छ । कम्पनीले गत वर्ष यसै अवधिमा रू. ७१ लख ३३ हजार खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष १३० दशमलव ९० प्रतिशत बढी नाफा भएको हो ।
चुक्तापूँजी ६० प्रतिशतले बृद्धि भई रू. १० करोड ५८ लाख ६१ हजार भएको छ । हकप्रद र बोनस शेयर मार्फत कम्पनीले चुक्तापूँजी बढाएको हो ।
नाफा बढेसँगै कम्पनीको जगेडा कोष रकम १३३ दशमलव १७ प्रतिशतले बृद्धि भएको छ । दोस्रो त्रैमाससम्म रू. ६ करोड ८६ लाख ८४ हजार जगेडा कोष रकम कायम भएको छ ।
कम्पनीले रू. ३१ करोड ७९ लाख ५४ हजार निक्षेप संकलन गरेको छ भने रू. ११ अर्ब ४ करोड ६६ लाख ९४ हजार कर्जा प्रवाह गरेको छ ।
कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ३९ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३१ द्यशमलव १२ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ८८ रहेको छ । कम्पनीले हालव १० वटा जिल्लामा ३२ वटा शाखा कार्यालयहरु मार्फत २२ हजार ५२४ जना सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस