aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

नेकपाका आलिताल गाउँपालिकाका अध्यक्षमाथि निर्घात कुटपिट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ माघ २०७६
नेकपाका आलिताल गाउँपालिकाका अध्यक्षमाथि निर्घात कुटपिट

धनगढी । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँपालिका अध्यक्षलाई अज्ञात समूहले अपहरण गरी निर्धात कुटपिट गरेको छ।  डडेलधुराको आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको हो।शुक्रबार दिउँसो आलिताल गाउँपालिका वडा नंम्बर ३ को बैठकमा सहभागी गईरहेका बेला आलितालकै चौर बण्डमा निर्घात कुटपिट गरिएको प्रहरीले जनाएको छ।

जोशीलाई मुकुण्डो लगाएर आएको एक समूहले अपहरण गरी कुटपिट गरेको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले बताए। जोशीको खुट्टा, टाउको र हातमा गम्भीर चोट लागेको छ।

जोशीलाई उपचारका लागि धनगढी ल्याइएको छ। उनको से ६ प ७९२६ नम्बरको मोटर साइकलमा पनि तोडफोड गरिएको छ।

जोशीसँगै रहेका नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भने भाग्न सफल भएको प्रहरीले जनाएको छ।आक्रमण र कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस