
काठमाडौं । सामाजिक सञ्जाल र अनलाइन मार्फत गरिने विज्ञापन प्रकाशन तथा प्रशारण वापतको भुक्तानी तथा प्राप्ति अनौपचारिक माध्यमबाट गरेमा गैरकानुनी हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै अबैधानिक रुपमा सामाजिक सञ्जाल मार्फत बिज्ञापन गर्ने गराउने र रकम प्राप्ती गर्ने दुबै गैरकानुनी हुने जनाएको हो ।
सूचनामा जनाइए अनुसार फेसबुक, टुइटर, युटुब जस्ता सामाजिक सञ्जाल तथा इन्टरनेट मार्फत गरिने विज्ञापन वापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हुने जनाएको छ । साथै त्यस्ता किसिमका कारोबा गरेमा विदेशी विनिमय अपचलन हुने भएको ठहरिने जनाएको छ ।
नेपालका कर्पोरेट संस्था, बैंक तथा वित्तीय संस्था र अन्य निकायले आँफैले बाहिरबाट वा नेपालमै रहेका विज्ञापन एजेन्सीमार्फत विभिन्न सामाजिक सञ्चालमा महँगो शुल्क तिरेर विज्ञापन गर्दै आएका थिए। विज्ञापन एजेन्सीहरुले विज्ञापनदातासँग मूल्य अभिबृद्धि करसमेत जोडेर पैसा लिने र आफूले भने बाहिरबाट नेपाल आउने पैसा उतै रोकेर विज्ञापन गरिदिँदै आएका थिए।
नेपालका विज्ञापन एजेन्सीहरुबाट वार्षिक रुपमा अर्बौ रुपैयाँ बराबरको रकम विदेश गइरहेको नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्र रिजाल(शसि) नै बताउछन् । हरेक विज्ञापन एजेन्सीले एउटा टिजिटल विभाग खोलेर नेपालका कार्पोरेट हासउहरुको विज्ञापन अवैधानिक रुपमा पेसबुक,युटुव र अन्य सामाजिक सञ्जालहरुमा गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस