aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

विवाह कार्डमा दुलाहा र दुलहीको जन्ममिति राख्न अनिवार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ माघ २०७६
विवाह कार्डमा दुलाहा र दुलहीको जन्ममिति राख्न अनिवार्य

काठमाडाैं । केही समय अघि नागरिकता वा जन्म मिति खुल्ने कागजात नभइ विवाह नगराउन पण्डितलाइ उर्दी जारी गरेकाे समाचार बाहिरा अाएकाे थियाे ।

त्यसैगरि, नेपालकाे पूर्वी जिल्ला उदयपुरमा केही दिनयता छापिएका विवाहका कार्डमा दुलाहा र दुलहीको जन्ममिती राख्न थालिएको छ । विवाहको कार्ड छाप्दा छापाखानाले विवाह हुने युवा युवतीको जन्मदर्ता वा नागरिक्ता हेरेर जन्ममिती खुलाउन थालेका छन् ।

नेपालको कानुनमा वालविवाहलाई दण्डनिय अपराधका रुपमा राखेर “विहेवारी २० वर्षपारी” भन्ने अभियान चलाईएको छ । तर पनि वालविवाहका घटना अझै बेलाबेला भईरहेकाछन् । यस्तै अवस्थालाई मध्यनजर गर्दै उदयपुर प्रहरीको सकृयतामा दुलहा र दुलहीको उमेर एकिन गर्न विवाहको निम्तो कार्डमै उमेर खुलाउनुपर्ने व्यवस्था सुरु गरेकाे छ ।

उदयपुर प्रहरीको सकृयतामा छापाखानाहरुलाई कार्डमा उमेर खुलाउन अभियानताहरुले पत्रचार गरेपछि छापाखानाले जन्म मिती सहितको कार्ड छाप्न थालेको हो ।

गत मंसिरमा जिल्ला प्रहरीले वालविवाह भईरहेको अवस्थामा बेहुला बेहली, आफन्त र जन्तीलाई पक्राउ गरेकाे थियो । सो क्रममा जन्तीहरुले विवाहको निम्तो मान्न आउदा उमेर सोधेर आउने कुरा भएन भन्ने तर्क गरेका थिए । सो घटनापछि जिल्ला प्रहरीले कर्डमै उमेर खुलाउने काममा सक्रियता देखाएको छ ।

सरकार र अभियानताले वालविवाह रोक्न लामो समयदेखी बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकाछन् । सरकारले वालविवाह गरे वा उक्तकार्यमा संलग्न भएको पाईए तीन वर्ष कैद र ३० हजारसम्म जरीवाना हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस