aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आज काठमाडौँका यी स्थानमा बिजुली नआउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ माघ २०७६
आज काठमाडौँका यी स्थानमा बिजुली नआउने

काठमाण्डौ । आज  शनिबार काठमाण्डौका विभिन्न ठाउँमा ९ घण्टा बत्ती जाने भएको छ । त्यसैले यदी तपाई तल उल्लेखित क्षेत्रको बासिन्दा हुनुहुन्छ भने आवश्यक तयारी गर्नुहोस ।   

बिधुत प्राधिकरणका अनुसार  चक्रपथ विस्तार कार्यका लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएकोले महाराजग‌ञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन जोडिएका ठाउँमा केही समय बिधुत आपूर्ति बन्द गरिने भएको हो । 

प्राप्त जानकारी अनुसार आज बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म बत्ती काटिने लिमिटेडले जनाएको छ । धापासी फिडर अन्तर्गत बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गो‌ंँगबु चोक, टोखा रोड हुँदै ग्राण्डी अस्पताल लगायतका क्षेत्रहरुमा बत्ती जाने भएको छ  । यदी  निर्धारित समय अवागै काम सकिएको खण्डमा भने ४ बजेभन्दा अगाडि नै बत्ती आउनसक्ने लिमिटेडले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस