aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

चीनमा रहेका बिद्यार्थीको प्रश्न - के हामी मरेपछि लास लिन मात्र आउने हो ?

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, १८ माघ २०७६
चीनमा रहेका बिद्यार्थीको प्रश्न - के हामी मरेपछि लास लिन मात्र आउने हो ?

काठमाडौँ । चीनको हुपे प्रान्तको राजधानी उहानबाट फैलिएको कोरोना भाइरस विश्वका २० मुलुकसम्म पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरेको छ ।

भाइरसबाट चीनमा मात्र २ सय १३ को ज्यान गएपछि डब्लूएचओले संकट घोषणा गरेको हो। डब्लूएचओले संकट घोषणा गरे पनि चीनको हुपे प्रान्तको उहान आसपास सहरका नेपाली विद्यार्थी १० दिनदेखि कोठाभित्र थुनिएर बस्न बाध्य छन्।

उद्धारका लागि नेपाल सरकारले प्रयास नगरेको गुनासो उनीहरूको छ । 'के सरकारले हामीलाई संक्रमण भएपछि वा हामी मरेपछि लास लेजाने रहेछ ?', विद्यार्थीले विच्याट समूहमा लेखेका छन्, 'बन्दी जीवन बिताइरहेका छौं। भाइरसले कताबाट छुने हो तनावमा छौ। नयाँ वर्षमा लामो बिदामा जोहो गरिएको खाना अब एकदुई दिनमा सकिन्छ। किन्न जाने अवस्था छैन।

सँगै रहेका विदेशी विद्यार्थी धमाधम  फर्किएपछी एक्लो महसूस गरिरहेको एक नेपालीले बताए।

प्रतिक्रिया दिनुहोस