aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कति जब्बर मेडिकल कलेज, फेरी असुले अतिरिक्त शुल्क

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, १८ माघ २०७६
कति जब्बर मेडिकल कलेज, फेरी असुले अतिरिक्त शुल्क

काठमाडौं । काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेका मेडिकल कलेजले विद्यार्थीबाट पुनः अतिरिक्त शुल्क असुल्न थालेको पाइएको छ । ती मेडिकल कलेजले मनोमानी शुल्क असुल्न थालेका हुन् । 

सरकारले शुल्क मापदण्ड तयार पारे पनि कार्यान्वयन गर्न मेडिकल कलेजले अटेर गर्दै आएका छन् । सरकारले तोकेको रकमबाट विद्यार्थीको सम्पूर्ण खर्च टार्न नसक्ने भन्दै मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग थप रकम माग्दै आएका छन् ।

हालसम्म विराटनगरस्थित नोबेल मेडिकल कलेजले २८ लाख रुपैयाँ अतिरिक्त शुल्क लिएको पाइएको छ । यस्तै, काठमाडौं मोडेल कलेजले ४ लाख ३५ हजार रुपैयाँ अतिरिक्त शुल्क मागेको अभिभावकले गुनासो गरेका छन् । यस्तै, नेपाल मेडिकल कलेजले अतिरिक्त ४ लाख ३५ हजार रुपैयाँ, नेपालगन्ज मेडिकल कलेजले ६ लाख रुपैयाँ अतिरिक्त शुल्क माग गरेको अभिभावकको गुनासो छ । 

यस्तै, अभिभावकबाट विराट मेडिकल कलेजले पनि चार लाखसम्म अतिरिक्त शुल्क लिएको अभिभावकको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस