aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

आर्थिक मन्दीमा फसेको भारत सरकारको कुल बजेट ३०.४२ ट्रिलियन रूपैँया

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ माघ २०७६
आर्थिक मन्दीमा फसेको भारत सरकारको कुल बजेट ३०.४२ ट्रिलियन रूपैँया

नयाँ दिल्ली । भारतको केन्द्र सरकारले शनिबार ३०.४२ ट्रिलियन भारतीय रूपैँयाको वार्षिक वजेट सार्वजनिक गरेको छ । सरकारले आफ्नो प्रतिवद्धता अनुसार गुणस्तरीय जीवन र मुलुकको आर्थिक सुधारलाई लक्षित गरी बजेट सार्वजनिक गरेको बताएको छ ।

त्यसैगरी अप्रिल १ बाट सुरू हुने बजेटको आम्दानी २२.४६ ट्रिलियन हुने प्रक्षेपण सरकारले गरेको छ । केन्द्र सरकारले लगानी अभिवृद्धिका लागि राजस्व सङ्कलनमा महत्वपूर्ण कदम चालेको दावी गरेको छ । तर प्रक्षेपित कर सङ्कलन सकारात्मक लयमा आउनका लागि केही समय लाग्ने अनुमान सरकारले गरेको छ ।

आर्थिक वर्ष २०२०–०२१ का लागि सरकारले लिने ऋणको धेरै अंश भने पूँजीगत खर्चमा प्रयोग गरिनेछ । सरकारले पूँजीगत खर्च २१ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।केन्द्र सरकारका अर्थमन्त्री निर्मला सितारमणले सरकारले आर्थिक वृद्धिका लागि विभिन्न आधारहरू तय गरेको बजेट सम्वोधनमा बताइन । 

जारी परिस्थितिको आधारमा सरकारले आर्थिक वर्ष २०२०÷०२१ का लागि कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत वृद्धि रहने अनुमान गरेको छ । सरकारको संशोधित अनुमान अनुसार  चालु आर्थिक वर्षको खर्च २६।९९ ट्रिलियन भारतीय रूपैँया र सरकारी आय १९।३२ ट्रिलियन रहने छ । एएनआई

प्रतिक्रिया दिनुहोस