aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एक लाख अमेरिकी डलर सहित  विमानस्थलबाट एक महिला पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ बैशाख २०७६
एक लाख अमेरिकी डलर सहित  विमानस्थलबाट एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक ४४ वर्षीया बन्दना सोनीलाई १ लाख अमेरिकी डलर सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा जाँच गर्ने क्रममा नेपाल एयरको उडानद्धारा भारतको मुम्वईतर्फ जान लागेकी सोनीले बोकेको ह्याण्डब्यागमा लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा उक्त अमेरिकी डलर फेला पारी प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस