aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

जहाँ फोन गर्न रुखमा चढ्नु पर्छ !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ माघ २०७६
जहाँ फोन गर्न रुखमा चढ्नु पर्छ !

बाजुरा । जिल्लाका ग्रामीण बस्तीमा फोन गर्न रुख चढ्नुपर्ने र घण्टौ हिँडेर खबर आदानप्रदान गर्नुपर्ने बाध्यता हटेको छैन । तर सदरमुकाम मार्तडीमा शुक्रबारदेखि फोरजी सेवा सञ्चालन आएको छ । नेपाल टेलिकमले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तारमा ढिलाइ गरे पनि मार्तडी आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएको छ । 

ग्रामीण क्षेत्रका जडान गरिएका टावरका उपकरण  बिग्रिएका छन् । जिल्लाका गौमुल, जगन्नाथ, हिमाली गाउँपालिकामा अझै फोन सेवा सञ्चालन भएको छैन । जगन्नाथ गाउँपालिकाको केन्द्र तथा बडिमालिका नगरपालिकाकै दुर्गम क्षेत्रमा अझै फोन सुविधा छैन । नेपाल टेलिकम शाखा बाजुराले चौथो पुस्ताको इन्टरनेट सेवा ‘फोरजी’ विस्तारको कामलाई तीव्रता दिएसँगै बाजुरामा पनि जडान गरिएको हो । 

माघसम्म देशैभर फोरजी सेवा पु¥याउने लक्ष्य रहेको जनाइएको छ । हालसम्म ६० जिल्लामा सेवा विस्तार गर्नेक्रम सकिएको र बाजुरामा सेवा जडान हुनेमा ६०औँ जिल्लामा परेको शाखा कार्यालय प्रमुख पदम बडालले जानकारी दिए ।

फोरजीका लागि जिल्लाका दुई टावरमा बिटिएस प्रविधि जडान गरिएको छ । सदरमुकाम मार्तडीको खुलामञ्च र दूरसञ्चार कार्यालय अगाडि रहेको दुई टावरबाट फाष्ट इन्टरनेट सेवा फोरजी शुरु गरेको हो । फोरजी एलटीइ सेवा जडानसँगै इन्टरनेटको गतिमा पनि सुधार हुने छ । रासस  

प्रतिक्रिया दिनुहोस