
काठमाडौं । ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी एक जना घाइते भएका छन् । आइतबार बिहान ११ः२० बजेतिर लागेको आगलागीले उग्र रुप लिएको छ । आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ ।
आगलागीमा घाइते भएका एक जनाको उद्दार गरिएको छ भने अन्य व्यक्तिहरु पनि कवाडी खानाभित्र हुनसक्ने आशंका गरिएको छ ।
आगो निभाउन काठमाण्डौ र ललितपुरको दमकल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस