
एजेन्सी । जापानी अर्बपतिले आफूले विवाह गरेर चन्द्रमामा लैजाने जीवनसाथीको खोजी स्थगित गरेका छन् ।
चन्द्रमामा जान २० वर्षमाथिका युवतिको खोजी गरेका जापनी अर्बपति युसाकु माइएजावाले सामाजिक सञ्जाल मार्फत चन्द्रमामा लैजाने जीवनसाथीको खोजी स्थगित भएको घोषणा गरेका हुन् ।
एक महिना अघि मात्रै उनले चन्द्रमा हनिमुन मनाउनका लागि विज्ञापन नै गरेका थिए । उक्त विज्ञापन गरेपछि करिब २८ हजार महिलाले आवेदन समेत दिएका थिए ।
तर अचानक यस्तो घोषणा गरेका हुन् । यद्यपी उनी एक्लैले सन् २०२३ मा अन्तरिक्षयात्रा गर्ने छन् । उनको योजना भने परिवर्तन गरेका छैनन् ।
गत महिना ४४ वर्षीय माइएजावाले वेबसाइट मार्फत विज्ञापन आव्हान गरेका थिए। तर उनले ट्वीटरमार्फत् सहयात्रीको खोजी नगर्ने घोषणा गरे ।
२७ हजार २ सय महिलाले आवेदन दिएको भन्दै यो निर्णयबारे जानकारी गराउँदा आफू दुखी रहेको उल्लेख गरेका छन् ।
उनी भर्खरै २७ वर्षीया अभिनेत्री आयामे गोरिकीसँग छुट्टिएका थिए । सन् २०२३ का लागि योजना गरिएको उक्त यात्रामा सन् १९७२ पछि पहिलो पल्ट मानिसहरू चन्द्रमामा जान लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस