aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नियम पालना नगर्ने सवारीसाधनबाट ३५ लाख जरिवाना संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ माघ २०७६
नियम पालना नगर्ने सवारीसाधनबाट ३५ लाख जरिवाना संकलन

काठमाडौं । चालु आर्थिक वर्षमा यातायात व्यावस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट ३५ लाख जरिवाना उठाएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनलाई सो रकम जरिवाना गराएको हो । 

विभागले दैनिक विभिन्न स्थानमा पुगेर सवारी साधनको अनुगमन गरिरहेको विभागका महानिर्देशक गोमनबहादुर हमालले बताए । उनका अनुसार काठमाडौं उपत्यका र नाकासम्म पुगेर अनुगमन गरिदैँ आएको छ । उपत्यका बाहिर पुग्न नसकिए पनि उपत्यका भित्र नियमितरुपमा अनुगमन भईरहेको छ । विभिन्न माध्यमबाट आएका उजुरी र गुनासोका आधारमा समेत अनुगमन भइरहेको उनले बताए । उनका अनुसार, ‘हामीले सूचनाका आधारमा र आफैँले पनि उपयूक्त स्थान छानेर नियमितरुपमै अनुगमन र कारवाहि गरिरहेका छौँ ।’ 

विभागको जिम्मेवारी सडक नियमको पालना गराउने भएपनि जनशक्तिको कमलगाएतका कारण विभाग भन्दा ट्राफिक प्रहरी सडक नियम पालना नगर्ने सवारी साधनलाई कारवाही गरिरहेको देखिन्छ । ट्राफिक प्रहरीले सवारी साधनले गल्ती गर्दा कारवाही गरे पनि नियमितरुपमा सडकमा अनुगमन कम गरेको यात्रुले गुनासो गर्दै आएका छन् । 

विभागमा सडक अनुगमनका लागि पर्याप्त जनशक्ति नभएको महानिर्देशक हमालले बताए । सवारी ऐनले सडक नियमको नियमन र आवश्यक कारवाहीको अधिकार ट्राफिक प्रहरी र विभाग दुवैलाई दिएको छ । नयाँ संरचनाअनुसार प्रदेश र स्थानीय तहलाई पनि सडक नियम पालना गराउने अधिकार दिएको छ । 

प्रतिक्रिया दिनुहोस