काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईलाई विमान परिचारिकाले नचिनेर ‘तपाई डाक्टर हो रु’ भन्दै प्रश्न गरेकी छन् । बिराटनगर जाने क्रममा विमानमा परिचारिकाले आफूलाई ‘डाक्टर हो ?’ भन्दै प्रश्न गरेको उहाँले ट्विटरमार्फत उल्लेख गरेको छ ।
बिटारनगर जाने उडानमा परिचारिकाले नचिनेपछि अध्यक्ष डा भट्टराईले शहर र गाउँको राजनीतिक चेतमाथि प्रश्न उठाएको छ । आइबार ट्विट गर्दै अध्यक्ष भट्टराईले विमानकी परिचारिका र गाउँकी चिया पसलकी युवतीबीच तुलना गर्दै गाउँ र शहरमा राजनीतिक चेतबारे प्रश्न गरेको छ ।
उनले लेखे , ‘बिराटनगर जाने उडानमा परिचारिकाले सोधिन्-तपाईं डाक्टर हो ? म–हैन, किन सोध्नुभो ? उनी–डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर ’
त्यसपछि भट्टराई चतरानजिकै कोशीपुलमा रहेको सानो चिया पसलमा पस्दा युवती आश्चर्यमा पर्दै खुशीले भनेको पनि सम्झिदै उही सन्दर्भ जोडेर लेखेका छन् ।( ‘केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो, पसले युवती चिच्याइन्–ओहो बाबुराम ? म–कसरी चिन्नुभो र ? उनी–फोटो र टिभीमा देखेर’
अध्यक्ष भट्टराईले ट्विटरमा आफूहरु ‘आउटडेटेड’ भएका त हैनौं भनेर प्रश्न समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस