
काठमाडौं । संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणा प्रहरी नियन्त्रमा छन्। आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि राणा आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेका थिए ।
राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गर्ने तयारी थालेको थियो ।
एसएसपी राणालाई झापाकी एक युवतीले आफुलाई लामो समयदेखि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीमा बिहीबार उजुरी दिएकी थिइन् ।
इटहरीको एक होटलमा आफूमाथि एसएसपी राणाले जबर्जस्ती करणी गरेको पीडित महिलाले आरोप लगाएकी छन् । उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
यौन दुर्व्यवहारको आरोपमा राणालाई गृह मन्त्रालयले दुई दिन अघि निलम्बन गरेको थियो । राणाले आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै एक महिलाले उजुरी दिएकी थिइन्। एसएसपी राणाले भने त्यसमा सत्यता नभएको दावी गर्दै आएका छन् ।
एसएसपी राणा पक्राउ बारे प्रहरीले औपचारिक जानकारी दिएको छैन ।
प्रतिक्रिया दिनुहोस