aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

नेपाल-भारत नाकामा ‘कोरोना हेल्थ डेस्क’

  • रासस
    रासस
  • सोमबार, २० माघ २०७६
नेपाल-भारत नाकामा ‘कोरोना हेल्थ डेस्क’

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण  भित्रिन नदिन बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘हेल्थ डेस्क’ आइतबारदेखि सञ्चालनमा ल्याइएको छ ।  
 

सो सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए । 

डेस्कमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ । विशेष गरी डेस्कले ज्वरो आएका, रुघाखोकी लागेका र शङ्कास्पदको स्वास्थ्य परीक्षण गर्ने छ । यसका लागि दुईवटा इन्फारेड थर्मोमिटर प्रयोग गरिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस