aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

बरुण हाइड्रोपावरको नाफा रू.६७ लाख २५ हजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० माघ २०७६
बरुण हाइड्रोपावरको नाफा रू.६७ लाख २५ हजार

काठमाडौं । चालू आवको छ महिना(दोस्रो त्रैमास) मा बरुण हाइड्रोपावर कम्पनीले रू. ६७ लाख २५ हजार नाफा कमाएको छ ।

यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ७९ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. ३७ लाख ४२ हजार नाफा कमाएको थियो ।  चालू आवको छ महिनामा कम्पनीले विद्युत विक्री बाट रू. २ करोड १४ लाख आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो । 

कम्पनीको चुक्ता पूँजी रू. २५ करोड ५१ लाख छ । रिर्जभ कोषमा रू. ३ करोड २४ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. १२ दशमलव ७०, मूल्य आम्दानी अनुपात ७ दशमलव ०१, तरलता अनुपात ३ दशमलव ०७ र प्रतिशेयर नेटवर्थ रू. ११२ दशमलव ७० छ । 
 

प्रतिक्रिया दिनुहोस