aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एमसिसी सकस तीन सदस्यीय समितिलाई प्रतिवेदन बुझाउन १० समय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० माघ २०७६
एमसिसी सकस तीन सदस्यीय समितिलाई प्रतिवेदन बुझाउन १० समय

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी) बारे सुझाव दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा गठिन कार्यदलले काम शुरु गरेको छ । पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित समितिको सोमबार बसेको बैठकमा एमसिसी सम्झौतासम्बन्धी के कस्ता विषय अध्ययन गर्ने भन्नेबारे छलफल भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ । 

आइतबार सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले एमसिसीबारे सुझाव दिन पार्टी वरिष्ठ नेता खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेका छन ।

 एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न रु ५१ अर्ब दिने सम्झौतामा उल्लेख छ । सम्झौतामा एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ । समितिले १० दिनभित्रमा पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने छ । 

प्रतिक्रिया दिनुहोस