aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ब्रोइलरको मासु अहिलेसम्मकै महंगो

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • मंगलबार, २१ माघ २०७६
ब्रोइलरको मासु अहिलेसम्मकै महंगो

काठमाडौं । ह्याचरी तथा दाना उद्योगीको कार्टेलिङका कारण कुखुराको मासु छोइनसक्नु भएको छ। पुस पहिलो साता प्रतिकिलो २ सय ५० रुपैयाँमा बिक्री भएको मासु अहिले ४ सय २० रुपैयाँ पुगेको छ।

व्यवसायीले जानाजान मूल्य बढाउँदा सरकार भने मुकदर्शक बनेको छ। मासु तथा अण्डा उत्पादनको हकमा पशु सेवा विभाग र मूल्य वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागले नियमन गर्नुपर्छ।

तर, यी दुई निकायले अनुगमन नै गरेका छैनन्। चल्लाको मूल्य पनि एक सातामै प्रतिगोटा ४० रुपैयाँ बढेको छ। पुस पहिलो साता कुखुराको मासु प्रतिकिलो २ सय ५०, दोस्रो साता २ सय ७०, तेस्रो साता २ सय ९० रुपैयाँ प्रतिकिलो पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ।

माघ दोस्रो सातासम्म ४ सय रुपैयाँ र तेस्रो सातादेखि प्रतिकिलो चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ। उत्पादन नै कम हुँदा मूल्य बढेको संघका सचिव देवकुमार गिरीको दाबी छ।

प्रतिक्रिया दिनुहोस