aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

निर्माण व्यवसायीको लापरवाही : देशभर ९६ पुल अलपत्र

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • मंगलबार, २१ माघ २०७६
निर्माण व्यवसायीको लापरवाही : देशभर ९६ पुल अलपत्र

काठमाडौं। निर्माण व्यवसायीको लापरवाहीका कारण मुलुकभर ९६ वटा पुल अलपत्र अवस्थामा रहेका छन् । सडक विभाग अन्तर्गत मुलुकभर रहेका रणनीतिक र स्थानीय गरी करिब २ हजार ९१ वटा पुलमध्ये निर्माण व्यवसायीको लापरवाहीका कारण ९६ वकटा पुल अलपत्र अवस्थामा पाइएको छ ।

सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले पुल निर्माण कार्य लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय भने मौन रहेको भन्दै आक्रोश व्यक्त गरे ।

अन्तरमन्त्राल समन्वय हुन नसक्दा विकास निर्माणका कामहरु प्रभावित भएको भन्दै समन्वयकारी भूमिका कमजोर भएकोप्रति ध्यान दिनुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस