
काठमाडौं । ट्राफिक नियम सम्बन्धि जनचेतना तथा सावारी साधन र पैदल यात्रीलाइ सुरक्षित पुर्वक गन्तव्यसम्म पुर्याउन सघाउनुका साथै सवारीका बखत नियमको पालना गराउने दायित्व बोकेका ट्राफिक प्रहरी र सरकारी निकायमा रहेका ब्यक्तिहरू नै ट्राफिक नियमको खिल्ली उडाइरहेका छन् ।
ट्राफिक प्रहरीले ट्राफिक नियम सम्बन्धि नियम कानून परिपालना गराउने क्रममा सर्वसाधारणलाई सचेतना तथा नियम उलंङ्घन गर्नेलाई सजायको नाममा अत्याधिक सास्ती दिने गरेका छन् । जुन नियम कानुन ट्राफिकले सर्वाधारणलाई सिकाइ रहेको हुन्छ त्यो नियम आफै पनि पालना गर्दैनन् ।
सोमबार विहान करिब १० बजे पुरानोबानेश्वर नजिक एक कार पार्क गरि राखिएको थियो । कार चलाउने एक आधबैंसे लाई डायरिया भै रहेकोले आपतकालिन अवस्थामा गाडी साइट लगाउँदै नजिकैको ट्वाइलेट छिरे ।
काठमाडौको गौसालाबाट पुरानो बानेश्वर चोक तर्फ जाँदै गरेको कार पुरानो बानेश्वर नपुग्दै करिब २५ मिटर अगाडी नै पार्किङ गरेका थिए ।
केहि छिन पछि, उनि फर्कंदा ट्राफिकले उनको गाडीमा ह्वील लक लागेको देखे उनले नजिकै भएको ट्राफिक साँग अनुनय विनय गर्न थाले ‘मलाई अप्ठ्यारो परेको हुनाले म गएको हुँ । म आइसकें गाडिमा लग नगर्नुस्’ ।
तर ट्राफिकले आफ्नो सुर छोडेनन गाडिमा लगाइदिहाले गरिदियो । गाडि चालक अनुनय विनय, विलौना गर्दा सुनुवाई नभएपछि जंगिन थाले ‘के म ट्वाइलेट जान पनि नपाइने ?, साँगसँगै आग्रहा गर्दै भने ‘ट्वाइलेट गएर आएको हो, मैले गल्ति गरेछु मलाई माफ गरिदिनुस ।’ धेरै अनुरोध गरे तर ट्राफिकले कसैको कुरा सुनेनन् ।
गनथन हुँदा हुँदै एक÷दुई जना गर्दै धेरै हुल जम्मा हुन थाले । मानिसको भीडबाट पनि आग्रह भयो यो कुनै ठुलो गल्ति होइन छोड्दिनुस् ।
ट्राफिकलाई कुनै कुराको ख्याल थिएन बस रोड खाली हुनु प¥यो । उही प्रहरी जो आफु चढेको बजाजको डिस्कभर बाइकको भने लट नं. नै मेटिएको थियो । बाइक नं.२८५९ रहेको उक्त ट्राफिक अरूलाई गल्ति भयो भन्दै सजाय दिइरहेको थियो । तर आफू भने लट नं. नै नभएको बाइक हुइक्याउँदै हिडीरहेको ट्राफिकले आफ्नै धोती फुस्केको पत्तौ नै पाएन ।
जुन ट्राफिकले अरुको गाडिमा ह्वील लक गरेको छ त्यही ट्राफिकले आफुले सानका साथ चढेको मोटरसाइकलमा रहेको नम्बर प्लेटमा सुरुकै नम्बर मेटिएको देखे पश्चात भीड भित्रकै एक ब्यक्तिले प्रस्न गरे ‘तपाइँले चढेको बाइकमा भएको नम्बरप्लेटको नम्बर स्पष्ट हुनु पर्छ की पर्दैन ?
ट्रफिकले भन्यो ‘पर्छ’ । अनि सर्वसाधारणले भने हेर्नुस तपाइँ चढेको बाइकको नम्बर प्लेट स्पष्ट छ ? तपाइहरूले जे गर्दा पनि हुने तपाइँहरुलाई कानुन लाग्दैन ?
तपाइँको ब्लुबुक र लाइसेन्स हेरौ त ? कस्तो छ ? तपाइँको बाइकमा भएको नम्बर कति हो खोइ ब्लुबुक दिनुस त भन्दै ट्राफिकको नम्बर प्लेट हातले देखाउदै प्रश्न गरे ।
ट्राफिक भन्न थाले ‘यो बाइक अफिसको हो । ब्लुबुक लाइसेन्स पनि अफिसमै छ । सरकारी अफसको सवारी साधनमा सेतो नं. प्लेट राख्ने चलन छ । उनले चढेको बाइक रातो नं. प्लेट भएको थियो । उनी भन्दै थिए यो सरकारी बाइक वा अफिसकै बाइक हाे सर्व साधारणले चिनिने सेताे नम्बर प्लेट थिएन ।
उनलाई अफ्नो गल्तीको कुनै महशुस थिएन किनकी उनी बर्दी लगाएका थिए । गाडीमा ह्वील लक लगाएर जरिवाना ठोकिसकेकै थियो । सरकारी रासन खाएकै थिए । उनले भने पश्चात अफिसका अन्य पुलिस आप्mनो पक्षमा फौज नै छँदै थियो । भीडको एक फिस्टोले प्रस्न गर्दा उनी किन हच्किन्थ्यो ?
प्रहरी झन् झोक्किँदै आफ्नो नम्बर प्लेटमा सर्वसाधारणले हातले छोएकै आधारमा हातपात गरेको आरोप लगाइहाले र भने तपाइँले हामीलाई हातपात गर्ने ?
तपाइँले हामीलाई हातपात गर्न मिल्छ ? भन्दै उल्टै सर्वसाधारण माथि प्रश्न तस्याउँदै भने हामी तपाइँलाई हातपातको आरोपमा गाडीमा हालेर गौशाला लैजान्छौ । भन्दै आफ्नो कार्यालयबाट प्रहरीको गाडी बोलाएर उनलाई गौशाला लगिहाले ।
सयौ जनाले देखिरहेको छ । सबैले भनेका छन कसरी भयो हातपात हामीले तपाइँहरुको बाइकमा छुन पनि नहुने । तर त्यहाँ सयौ सर्वसाधारण भन्दा एक ट्राफिककै कुरा सही भयो ।
नियम कानुन सबैलाई बराबर लाग्ने कुरामै सिमित भइरहेको छ । तर नेपालमा जसको शक्ती उस्कै भक्ति नेपाली उखान जस्तै भैरहेको छ ।
अर्को, सिंहदरबार नजिकै शिशिर लामिछाने ट्राफिक जाममा परेका थिए । ट्राफिक जाम खुल्यो तर आफु भन्दा अगाडिको गाडी नहिडेपछि उनले आफ्नो बाइकलाई अगाडि बढाए ।
आफु अगाडि बढ्ने बित्तिकै पछिबाट निकै स्पिटमा एउटा गाडी आयो । उक्त गाडीको ओभर स्पिड थियो । उनलाई लाग्यो की मलाई त यो गाडिले हान्ने भयो भन्ठान्दै उनले आफ्नो बाइकलाई साइड लगाए ।
साइड लगाउन नपाउँदै त्यही ट्राफिक आइपुग्यो । उनले ट्राफिकलाई धेरै अनुरोध गरे मलाई पछाडिको गाडिले हान्छ भनेर साइड लागेको हो । नियम मिचेको होइन । मैले पहिला मेरो ज्यानको माया गर्ने कि तपाईको नियमको ? भन्दै ट्राफिकलाई प्रश्न गरे । तर ट्राफिकले उनको लाइसन्स दिन अनुरोध गर्यो ।
लामिछानेले भने ‘म भोली भ्यालीबाहिर जानु छ । लाइसन्स बिना म कसरी जान सक्छु ? मलाई छोड्दिनुसन’ भने तर ट्राफिकले दिन्छस् कि दिदैनस भन्दै तुच्छ बोल्न थाले र तलाई लाइसन्स चाहिन्छ भने भोली आइजो हाम्रो कक्षा हुन्छ त्यो कक्षा लिएर पैसा तिरेर लिएर जा भनेपछि उनको केही सिप लागेन ।
पछि आफ्नो लाइसेन्स दिएर र भोली पल्ट १२ बजे देखि २ बजेसम्म प्रहरीको सचेतना कक्षा लिएर आफ्नो लाइसेन्स लिएर गए । लामिछानेले सचेतना कक्षामा पनि प्रहरीसँग भने ‘तपाइहरुमा तुच्छ बोल्ने बानी छ यो विशेष केटीहरुमा भन्दा पनि केटाहरुमा धेरै छ तपाइहरुले हाम्रो लाइसन्स लिनु पैसा लिनु ठुलो कुरा होइन, तर सर्वसाधारणलाई इज्जत गर्नु सम्झाउनु ठुलो कुरा हो’ ।
त्यस्तै काठमाडौंकै थापथली चोकमा एक सरकारी गाडीले ट्राफिक नियम नै मिचेर अगाडि भएको सवारीसाधनलाई नै हान्ला झैं गरी गैरहेको छ ।
के यो गाडिलाई ऐन नियम लाग्दैन ? कि यो सरकारी गाडिलाई ट्राफिकले देख्दैन । सर्वसाधारणले थोरै गरेको गल्ति पनि देख्ने ट्राफिकले देखेन वा देखे पनि वास्ता गरेन सरकारले बनाएको नियम सर्वसाधारणको लागि मात्र हो वा सबैलाई ?
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तिन वर्ष यताको डाटा अनुसार २०७१ साल देखि हालसम्म कारबाहिमा पर्ने सवारीसाधनहरू २९ लाख ६५ हजार ९ सय ५० सवारीसाधन कारबाहिमा परिसकेको छ ।
कारबाहीमा परेका सवारीसाधनबाट २०७१ साल देखि हालसम्म १ अर्ब ४३ करोड १९ लाख ८८ हजार ७ सय ६० रूपैयाँ राजस्व उठेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस