aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

काठमाडौं उपत्यकाको एकीकृत विकासका लागि ‘मेट्रोसिटि’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ बैशाख २०७६
काठमाडौं उपत्यकाको एकीकृत विकासका लागि ‘मेट्रोसिटि’

काठमाडौं  । स्थानीय शासन विज्ञहरूले काठमाडौँ उपत्यकाको एकीकृत विकासका लागि बृहत मेट्रोसिटी निर्माण गर्नुपर्ने सुझाव दिएका छन्  । 

यसअघि स्थानीय तह पुनःसंरचना आयोगले उपत्यकाको एकीकृत विकासका लागि राजधानी उपत्यका सहर (मेट्रोसिटि) निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । स्थानीय शासन विज्ञ एवं साबिक स्थानीय तह पुनःसंरचना आयोगका सदस्य डा। श्याम भुर्तेलले काठमाडौं उपत्यकाको एकीकृत विकासको प्रमुख आधार नै ‘मेट्रोसिटि’ निर्माण भएको बताए ।

उनका अनुसार, राजधानीका सबै नगरपालिकाको भूगोल एक आपसमा जोडिएका, विकास निर्माणका समस्या र समाधानको उपायसमेत समान भएका र अन्तर नगरपालिका जोड्ने साझा योजना निर्माणका लागि राजधानी उपत्यका सहर  (मेट्रोसिटि) निर्माण गर्न तत्कालीन आयोगले सरकारलाई सुझाव दिएको थियो । आजको गोरखापत्र दैनिकबाट  

प्रतिक्रिया दिनुहोस