aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

माइक्रो र बस एक आपसमा ठोक्किदा १९ जना घाइते, तीनको अवस्था गम्भीर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ माघ २०७६
माइक्रो र बस एक आपसमा ठोक्किदा १९ जना घाइते, तीनको अवस्था गम्भीर

तनहुँ । तनहुँको आबुखैरेनीमा माइक्रो र बस एक आपसमा ठोक्किदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गमभीर रहेको बताइएको छ ।

मंगलबार पोखरबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रो बस र नारायणगढबाट बेशिशहर जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय आबुखैरैनीका अनुसार घाइतेहरुलाई आबुखैरेनी अस्पतालमा सामान्य उपचारपछि दुई जनालाई काठमाडौं पठाइएको छ, भने १४ जनालाई भरतपुर पठाइएको छ । त्यस्तै बाँकी तीन जनाको आबुखैरेनी अस्पतालमै उपचार भइरहेको छ ।

यस दुर्घटनामा तनहुँ डुम्रेका स्थानीय माइक्रो चालक वीरध्वज थापा मगर गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस