aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

युनिभर्सल मेडिकल कलेज तनाबग्रस्त, बालिकाको मृत्युपछि अनिश्चितकालिन हड्ताल

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • मंगलबार, २१ माघ २०७६
युनिभर्सल मेडिकल कलेज तनाबग्रस्त, बालिकाको मृत्युपछि अनिश्चितकालिन हड्ताल

भैरहवा । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा उपचारका क्रममा लापरवाही गरिएको कारणले बिरामीको मृत्यु भएको घटनाले उग्र रुप लिएको छ। मेडिकल कलेजमा तनाबग्रस्त अवस्था सिर्जना भएपछी अनिश्चितकालिन हड्ताल गरिएको छ। 

कपिलवस्तुको  बाणगंगा नगरपालिका–२ बैजलपुरकी सुविका थापामगरलाई गत शुक्रबार सामान्य पेट दुखेपछि बुटबलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) अस्पतालमा पुर्याइयो । भिडियो एक्सरे गरेर हेर्नुपर्छ भनेर भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा रिफर गरियो । भैरहवाको मेडिकल कलेजमा आइसियुमा राख्ने भनी सुबिकालाई राति १२ बजे अस्पतलमा ल्याइयो । 

आकस्मिक कक्षमा लगेर भर्ना गरेको बिरामीलाई त्यहाँ कार्यरत नर्सले वार्डमा लगेर राखे, भिडियो एक्सरे, ब्लड चेकको लागि बिल कटाए । स्लार्इन र अन्य औषधि पनि किनाए । दुखार्इ कमगर्ने औषधि आम्दा अस्पतालले लगाएको थियो, तर मेडिकल कलेजमा आइपुगे पछि स्लार्इनमा मिसाएर लगाउनु पर्ने औषधि नर्सले बच्चाको नसाबाट सिधै लगाइदिएका कारण सुबिकाको मृत्यु भएको उनका मामा सुदिप न्यौपानेको दाबी छ । 

युनिभर्सल मेडिकल कलेज भैरहवामा पुर्याईएको बिरामीलाई आठ घण्टासम्म डाक्टरले नहेरेको पींडित पक्षको दाबी छ। सिकारु नर्सहरुले ओभरडोज औषधि दिएका कारण आफ्नी छोरीको मृत्युको भएको सुबिकाकी आमाको आरोप छ । नर्सहरुले ५ मिनेटमा डाक्टर आउनुहुन्छ भन्दै आश्वाशन दिएको तर बिहान ८ बजेसम्म डाक्टर नआएको र साढे ८ बजे बालिकालाई अस्पतालले मृत घोषण गरेको न्यौपाने बताउँछन् ।

भिडियो एक्सरे नगरिकनै, रोग पत्ता नलगाई चारहजार मूल्यको औषधि किनेर खुवाइएको मृतकको आमा सुनिता न्यौपाने थापाले बताएकी छिन् । मृत्यु हुनु आधा घण्टा अघिसम्म पनि सुविकाले राम्रोसँग कुराकानी गर्दै ‘भोक लाग्यो खाना दिनुस, मलाई घर लैजानुस्’ भनेको उनले बताइन । आठ घण्टासम्म डाक्टर नआएपछि विरामीका आफन्तले डिस्जार्च दिनुस् हामी अन्य अस्पताल लैजान्छौं भन्दा डिस्चार्जको लागि नर्सले नमानेको पीडत पक्षको भनार्इ छ ।  

मंगलबार दिनभर मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन् । अस्पतालको लापरवाहीले ओभरडोज औषधि दिएर बलिकालाई अस्पतालले मारेको हो, ओभरडोज औषधि  दिने नर्सलाई कारबाही गर, पीडितलाई न्याय देउ भन्दै नाराबाजी भैरहेको छ । पीडितलाई न्याय र दोषीलाई कारबाही नहुँदासम्म आन्दोलन चर्काउने मृतक बालिकाका छिमेकी बिक्रम बुढाथोकी बताउँछन् ।

उता अस्पताल प्रशासनले भने आमाले पानी खुवाएर छोरीको मृत्यु भएको हो भन्दै अपत्यारिलो जवाफ दिईरहेको आन्दोलनकारी बताउछन् । के यस्तो बेतुकको  जवाफ दिएर अस्पताल उम्कन पाउँछ त ?  २४ सैँ घण्टा डाक्टर सहितको सेवा भनेको अस्पतालमा ८ घण्टासम्म नर्सको भरमा किन बिरामी राखियो ? यस्ता प्रश्न अहिले भैरहवामा आम नागरिकले सोधिरहेका छन् । मेडिकल कलेजमा औसतमा दैनिक करिब २ हजार बिरामी आउने गरेका छन् । यस्तो अस्पतालले  बिरामीलाई सेवा दिने भन्दा कमाउने कुरामा बढी ध्यान दिएको देखिन्छ ।

त्यहाँ ब्यापकरुपमा बिरामी माथि कमाउको खेति भैरहेको स्थानीयको गुनासो छ । एक स्थानीयले भने, जब बिरामी अस्पतालमा पुग्छन, विभिन्न ल्याब टेष्ट गराइन्छ, अन्य ठाउँमा भएको ल्याब टेष्टलाई मान्यता दिईदैन्, उही टेष्ट अन्य ठाउँमा भन्दा महंगो मूल्य तिरेर गराउन बाध्य गराइन्छ ।ु विवेक थापा नाम गरेका ति स्थानीयले थपे, औषधिमा पनि अन्य मेडिकल हलमा भन्दा चर्को मूल्य तिर्नुपर्ने हुन्छ ।

 अनावश्यक औषधी किनार्इन्छ, फिर्ता गर्ने बेलामा ५० प्रतिशत छुट गरेर औषधि फिर्ता हुन्छ ।ु बिनिता शर्मा नाम गरेकी अर्की स्थानीयको पनि यस्ता गुनासो सुनियो, हामीले धेरै सुन्ने गरेका थियौँ बिकट ठाउँमा डाक्टर नहुँदा बिरामीको मृत्यु भन्ने खबर तर प्रदेश नम्बर ५ को राजधानीको सम्भावित क्षेत्र रहेको भैरहवामा आठ घण्टा सम्मको डाक्टरको पर्खाइमा बिरामीको मृत्यु भएको छ । यो चरम लापरवाहीको उदाहरण हो।

प्रतिक्रिया दिनुहोस