aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

जापानकाे पानीजहाजमै १० जनामा देखियो कोरोना भाइरसको सङ्क्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ माघ २०७६
जापानकाे पानीजहाजमै १० जनामा देखियो कोरोना भाइरसको सङ्क्रमण

एजेन्सी । विश्वका विभिन्न ठाउँहरुमा फैलिदै गएको कोरोना भाइरसको संक्रमण जापानमा पनि १० जनामा देखिएको छ । चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण जापानको पानी जहाजमा यात्रा गरिरहका १० जनामा देखिएको जनाइएको छ ।

जापानको योकोहामा बन्दरगाहमा डायमण्ड प्रिन्सेस नामक जहाजमा यात्रा गरिरहेका १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । उक्त जहाजमा तीन हजार सात सय यात्रु मध्ये तीन सय यात्रुको परीक्षण गरिसकिएको थियो ।

अधिकारीहरुका अनुसार सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने सम्भावना छ । भाइरसबाट संक्रमित १० जना नै ५० वर्ष भन्दा बढी उमेरको रहेको जापानको राष्ट्रिय प्रसारण सङ्गठन (एनएचके) ले जनाएको छ । भाइरसबाट सङ्क्रमण देखिएका १० जना मध्ये दुई जना जापानी नागरिक रहेको बताइएकाे छ ।

कोरोना भाइरसबाट चीन भन्दा बाहिर दुई जनाको ज्यान गएको, छ भने चीनमा ४ सय ९० जनाको ज्यान गएको छ । सङ्क्रमितको सङ्ख्या २० हजार भन्दा बढी पुगेको बताइएको छ । नेपालमा पनि चीनबाट आएका नेपाली विद्यार्थीहरुमा भाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस