
काठमाडौं । बालुवाटारको ललिता निवास घोटलामा संलग्न १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । जसमा पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात पनि रहेका छन् । ब्यापारी मीनबहादुर गुरुङविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
अख्तियारले दायर गरेको मुद्दामा तीन पूर्वमन्त्रीहरू समेत रहेका छन् । नेपाली काग्रेसका नेता तथा सांसद विजयकुमार गच्छदारलाई ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ, डम्बर श्रेष्ठः ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ, चन्द्रदेव जोशीः ७ करोड ८ लाख ४८ हजार रुपैयाँ, पूर्वसचिवहरू तथा अख्तियारकै पूर्व प्रमुख आयुक्त दीप बस्न्यात ९ करोड ६५ लाख ७६ हजार, पूर्वसचिवहरू, दिनेशराज अधिकारीः ७ करोड ८ लाख ४८ हजार रुपैयाँ,छविराज पन्त ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ, भाटभटेनी संचालक मीनबहादुर गुरुङ ११ करोड २० लाख रुपैयाँ हरेका छन् ।
त्यसैगरि, पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र डा. बबुराम भट्टराई र पूर्व मुख्य सचिव एवं चीनका लीलामणि पौडेलसहित १७ जनाविरुद्ध मुद्दा नचल्ने भएको अख्तियारले जनाएको छ । त्यस्तै, शोभाकान्त ढकाल ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ, सरकारले अधिग्रहण गरेको जग्गा राजनीतिक कारणले जफत भएको भनी फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) उक्त निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा विभिन्न व्यक्तिले मिलेर घोटला गरेकोमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
त्यस्तै, भ्रष्टाचार मुद्दा दायर गरेसँगै कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता समेत रहेका बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका छन् ।
प्रतिक्रिया दिनुहोस