aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

१७ हजारलाई कारबाही गर्दा ७५ करोड जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ माघ २०७६
१७ हजारलाई कारबाही गर्दा ७५ करोड जरिवाना

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने १७ हजार १ सय २७ जनालाई कारबाही गरी ७५ करोड रुपैंयाँ जरिवाना गरेको छ ।

आर्थिक वर्ष २०७५/२०७६ मा ५ लाख ४ सय ४८ कर्मचारीमध्ये १७ हजारलाई जरिवाना गर्दा उक्त रकम संकलन भएको हो । सम्पत्ति विवरण नबुझाउनेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्ने ब्यवस्था छ ।

केन्द्रले विवरण नबुझाउनेको विवरण संकलन गरी कारवाही गर्न आयोगमा सिफारिस गर्ने र आयोगले कारवाही गर्ने ब्यवस्था छ । तथ्यांकअनुसार सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा धेरै संघअन्तर्गतका सार्वजनिक पद धारण गरेका व्यक्ति छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस