aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

युथ भिजनको अवधारणापत्र सार्वजनिक अब उद्यमी युवालाई आर्थिक अभाव नहुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ माघ २०७६
युथ भिजनको अवधारणापत्र सार्वजनिक अब उद्यमी युवालाई आर्थिक अभाव नहुने

काठमाडौं । राष्ट्रिय युवा नीति पुनरावलोकन तथा युथ भिजन २०२५ कार्यदलले अवधारणापत्र सार्वजनिक गरेको छ । युवा विकास केन्द्रका अध्यक्ष अरुण खड्काले बिहीबार आयोजित एक कार्यक्रममा अवधारणापत्र सार्वजानिक गर्दै युवालाई देशविकासको प्रवाहमा समाहित गराउन आवश्यक रहेको बताए । 

प्रदेशसभा सदस्य उमिता विक, बलबहादुर साम्सुहाङ र कुमारी साम्वाको राष्ट्रिय युवा नीतिलाई कार्यान्वयमा उतार्न जोड दिए । सामाजिक विकास मन्त्रालयका कानून परामर्शदाता कोषराज न्यौपानेले प्रदेश सरकारले पनि प्रदेश युवा परिषद् गठनको प्रक्रिया अगाडि बढाएको जानकारी दिँर्दै  गठन सम्बन्धी विधेयक पाँचौँ प्रदेशसभामा पेश हुने छ भने ।  युवा परिषद् सुनसरीका अध्यक्ष हर्कजङ्ग एभेन लिम्बूले उद्यम गर्न चाहने युवालाई सहयोग गर्न समन्वय गर्ने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस