aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

पोखरामा नौ बर्षीया बालिकाको चितुवा आक्रमणबाट मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ माघ २०७६
पोखरामा नौ बर्षीया बालिकाको चितुवा आक्रमणबाट मृत्यु

पोखारा । चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गरेका थिए ।  जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर  रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रही निरीक्षक अधिकारीले बताए । प्रहरी र स्थानीयवासीले चितुवाको खोजी जारी राखे पनि फेला पार्न  सकेका छैनन् । 

यसअघि तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परी बालबालिकाले ज्यान गुमाएका घटना सार्वजानिक भएका थिए  ।

प्रतिक्रिया दिनुहोस