aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

पिकनिक खान गएका राप्ती नदीमा डुबेर बेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ माघ २०७६
पिकनिक खान गएका राप्ती नदीमा डुबेर बेपत्ता

बाँके । बाँकेमा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् । राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज खाना गएका शिव शर्मा बेपत्ता भएको स्थानीय प्रहरीले बताएको छ ।

बेपत्ता भएक शर्मा कोहलपुर नगरपालिका–१२ चप्परगौडीका स्थायी बासिन्दा हुन् । उनि अगैयामा पसल सञ्चालन गर्दै आएका थिए ।इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए अनुसार उनि वनभोजपछि नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

शनिबार अपराह्न बेपत्ता हुनुभएका उहाँलाई हालसम्म फेला पार्न नसकिएको चन्दले बताइ । शर्माको खोजीमा संलग्न स्थानीयवासीका अनुसार उनि शनिबार अपराह्न बेपत्ता भएका हुन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले शनिबार अबेरसम्म उनको खोजि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस