aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

२४ दानाकै मूल्य १२ लाख पर्ने याे कस्ताे अंगुर !

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • सोमबार, २७ माघ २०७६
२४ दानाकै मूल्य १२ लाख पर्ने याे कस्ताे अंगुर !

जापान । नेपालमा सिजन सुरु भएपछि अंगुर प्रतिकिलो सय रुपैयाँसम्ममा पाउन सकिन्छ। तर एक गुच्छा अंगुरको मूल्य नै १२ लाख रुपैयाँ पर्छ भनेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ।

हो, जापानमा मानिसले १२ लाख रुपैयाँमा अंगुरको गुच्छा किनिरहेका छन्। यो रातो अंगुरको जातिको नाम रुबी रोमन हो। यो विशेष प्रजातिको एउटा अंगुरको वजन करिब २० ग्राम हुन्छ। एक गुच्छमा करिब २४ वटा अंगुर हुन्छन्।

उच्च मूल्यका कारण यो रातो अंगुर विशेष गरी धनीको फलका रूपमा चिनिएको छ। १२ वर्षपहिले अंगुरको खास प्रजाति इसिकावा प्रान्तको सरकारले विकास गरेको हो। यो अंगुरको स्वाद पनि अत्यन्त मीठो हुन्छ। जापानमा रातो अंगुर विलासी फलको श्रेणीमा पर्छ। जापानमा यो फललाई उपहारका रूपमा दिने गरिन्छ।

प्रतिक्रिया दिनुहोस