काठमाडौं । बस्नका लागि नेपाल दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानभन्दा पनि महँगो भएको छ। यो मामिलामा भारत १ सय ३०औं र पाकिस्तान १ सय ३२औं महँगो मुलुक भएका छन्। सीईओ वल्र्ड बिजनेस म्यागेजिनका अनुसार विश्वकै महँगो मुलुकमा नेपाल १ सय २२औं स्थानमा छ। श्रीलंका १ सय १२औं महँगो मुलुक भएको छ।
विश्वकै महँगो मुलुकमा स्विट्जरल्यान्ड परेको छ। दोस्रो स्थानमा नर्वे र तेस्रोमा आइसल्यान्ड छन् । किराना, लत्ता कपडा र ट्याक्सीको भाडालगायतका विभिन्न वस्तुको मूल्यका आधारमा पहाडी मुलुक स्विट्जरल्यान्ड विश्वकै महँगोमा परेको हो। दोस्रो स्थानमा नर्वे र तेस्रोमा आइसल्यान्ड रहेका छन्। किराना, लत्ता कपडा र ट्याक्सीको ।
भाडालगायतका विभिन्न वस्तुको मूल्यका आधारमा । पहाडी मुलक स्विट्जरल्यान्ड विश्वकै महँगो भएको । हो । शीर्ष महँगा १० मुलुकको सूचीमा डेनमार्क लक्जेम्बर्ग, जापान, बहमास, इजरायल, सिंगापुर र दक्षिण कोरिया परेका छन् । अमेरिका विश्वकै २० औं महँगो मुलुक भएको छ ।
बेलायत २७ औं स्थानमा रहेको छ। विज्ञहरूले आवास, पोसाक, ट्याक्सीको भाडा, युटिलिटी, इन्टरनेट, किराना सामग्रीको मूल्य, यातायात र बाहिर खाने लगायतका विभिन्न आधारमा महँगो मुलुकको सूची तयार पारेका हुन् ।
प्रतिक्रिया दिनुहोस