aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

निजी आवास पुनःनिर्माणमा ग्रामीण क्षेत्र अगाडि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ माघ २०७६
निजी आवास पुनःनिर्माणमा ग्रामीण क्षेत्र अगाडि

ललितपुर ।   राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणमा ललितपुरको ग्रामीण क्षेत्र अब्बल रहेका जनाएको छ । 

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालद्वारा आइतबार यहाँ आयोजित ‘भूकम्प पछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार सार्वजनिक सुनुवाइ’ कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरण कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले सो जानकारी दिए ।  उनले  जिल्लाका ग्रामीण भेगका समुदाय शहरी क्षेत्रको तुलनामा निजी आवास पुनःनिर्माणमा अब्बल रहेको बताए । सदस्य डा श्रेष्ठले भने, “जिल्लाभित्र  २६ प्रतिशतमात्र निजी आवास पुनः निर्माणको काम सम्पन्न भएको छ । यसमा बढी ग्रामीण भेग रहेको देखिन्छन् ।” 

यहाँ कूल २८ हजार ४८२ लाभग्राहीमध्ये १० हजार १८४ जनाले मात्र तेस्रो किस्ता लिएका छन् ।  कार्यक्रममा पुजारी सङ्घका अध्यक्ष यज्ञराज शाक्यले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण कहिलेसम्म सम्पन्न हुन्छ भन्ने प्रश्न गरे । 

जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख शिवराम गेलालले प्रभावित जनताले भत्केकै स्थानमा  बनाउन अनुदान पाउने जानकारी दिए ।  


महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले वडा नं २२ बुङ्मती क्षेत्रमा पुन ः निर्माणमा देखिएको समस्या सम्बोधन हुने जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले पुनःनिर्माणको कामलाई गति दिन आग्रह गर्दै समस्या हटाउन आवश्यक सहयोग हुने बताए ।  

प्रतिक्रिया दिनुहोस