aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

वैदेशिक रोजगारमा ठगी गर्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ माघ २०७६
वैदेशिक रोजगारमा ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको खुल्न आएको छ ।

पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीको आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । भक्तपुरबाट पक्राउ परेका उनलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ बुझाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस