aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी, उडान सेवा आधा घण्टासम्म बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ माघ २०७६
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी, उडान सेवा आधा घण्टासम्म बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ । विमानस्थलमा रहेको एक  पसलबाट आगलागी प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा आगलागी भएको हो । प्रहरीका अनुसार अहिले नगर प्रहरीको दमकल पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कफी सपमा केहीबेर अगाडि आगलागी भएको छ । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको छ ।

विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलमा रहेको विश्राममा रहेको कफी सपमा आगलागी भएको र दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले राससलाई जानकारी दिए। आगलागी नियन्त्रणमा आएको र सबै यात्रु सकुशल रहेको उनले बताए । 

विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सेवा अझै आधा घण्टासम्म बन्द रहनेछ । नियमक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, विमानस्थलस्थित सुरक्षाका अधिकारीसँग छलफल गरेर छिट्टै विमानस्थल सञ्चालन गरिने महाप्रबन्धक केसीको भनाइ छ । विद्युत् सट भएर आगलागी भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस