aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

उफ ! महँगी, ‘लसुन कि सुन ?’

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • मंगलबार, २८ माघ २०७६
उफ ! महँगी, ‘लसुन कि सुन ?’

काठमाडौं । चालु आवको ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजारको रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट ल्याएछौँ।

यहि गति रहे वर्षभरीमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात हुने देखिन्छ । कोरोना भाइरसका कारण चीनबाट लसुन नआउँदा मूल्य आकासिएको हो। अहिले यसको बजार मूल्य सरदर ६ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ।

जबकी २० दिनअघि यसको मूल्य एक सय ३० रुपैयाँ प्रतिकिलो थियो। नेपालमा हरेक वर्ष ठूलो परिणाममा लसुन चीन, भारत र अन्य देशबाट आयात हुन्छ।

प्रतिक्रिया दिनुहोस