aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

किर्ते गरेर मसानघाटको जग्गा प्लटिङ

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • मंगलबार, २८ माघ २०७६
किर्ते गरेर मसानघाटको जग्गा प्लटिङ

काठमाडौं ।  बाराको उत्तरी क्षेत्रमा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु धेरै छन् । ठूला आयोजना भएकैले नजिकैका जग्गाको मूल्य पनि आकाशिएको छ भने यससँगै भूमाफियाहरुको चलखेल पनि उत्तिकै बढेको छ । 

कतिसम्म भने भूमाफियाको एक गिरोहले मसानघाट समेत बाँकी राखेन । उनीहरुले किर्ते गरी मसानघाटको जग्गा प्लटिङ गरेको पाइएको छ । 

आयोजनासँगै बारा भित्रिएका भूमाफियाले फिल्डबुकमा स्पष्ट मसानघाट लेखिएको सार्वजनिक जग्गासमेत किर्ते गरेर बेचबिखन गरेको खुलासा भएको छ ।  बाराको जितपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर किताको ६ बिघा ८ कठ्ठा मसानघाट प्रोपर्टी म्यानेजमेन्ट प्रालिले कित्ताकाट गरी बेचेको हो ।

मसानघाट भनी उल्लेख भएको कित्ता नं ५९ को ६ बिघा ८ कठ्ठा जग्गा २०४७ साउन ३० गते नेपाल सरकारले ऐलानी श्रेस्ता बदर गरी भूमाफियाको उक्त कम्पनीले किर्ते गरेर प्लटिङ गरी बेचेको पाइएको हो ।

प्रतिक्रिया दिनुहोस