aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

विदेश पठाइदिन्छु भन्दै ८ लाख ठगी गर्ने कार्की पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ माघ २०७६
विदेश पठाइदिन्छु भन्दै ८ लाख ठगी गर्ने कार्की पक्राउ

काठमाडौं । ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ ।  वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई  हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको उनले जानकारी दिए । 

पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको र थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको  प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए । 

प्रतिक्रिया दिनुहोस