aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

यस्तो छ टाटा मोटर्सको भ्यालेन्टाइन अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ माघ २०७६
यस्तो छ टाटा मोटर्सको भ्यालेन्टाइन अफर

काठमाडौं । टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले भ्यालेनटाइन डेलाई लक्षित गरेर भ्यालेन्टाइन विक ह्विल्स अफ लभ नामक विशेष कार्यक्रमको आयोजना गरेको छ । टाटा मोटर्सको थापाथलीस्थित सोरुममा फेब्रुअरी १३ देखि १५ सम्म उक्त कार्यक्रमको आयोजना गरेको हो ।

यस अवधिभित्र सोरुममा आउने ग्राहकलाई टाटा मोटर्सले मनोरञ्जनात्मक प्रस्तुतिसहित विभिन्न उपहारले स्वागत गरिरहेको छ । ग्राहकले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भइ नयाँ आकर्षक तथा अत्याधुनिक डिजाइनका टाटाको गाडीहरू एच फाईभ, नेक्सन, टियागो र टिगोर लगाएतका अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । 

सोरुमबाट टाटाको जुनसुकै मोडलका गाडी खरिद गर्ने ग्राहकहरुलाई कपल टुर टु माल्दिभस, बुकिङ्ग गर्ने ग्राहकलाई डाइमण्ड रिङ्ग, प्रत्येक भ्याल्युएसनमा पफ्र्यूमको साथै निःशुल्क जेन्युइन एसेसरिज, डोर प्राइज, एक वर्षको निःशुल्क रोड टयाक्स तथा टेस्ट ड्राइभ गर्ने ग्राहकलाई पनि आकर्षक उपहार प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस