aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

वडाध्यक्षले कुखुरा चाेरेकै हाे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ माघ २०७६
वडाध्यक्षले कुखुरा चाेरेकै हाे ?
सांकेतिक तस्वीर

लमजुङ । लमजुङको बेसीशहर नगरपालिका–९ का निर्वाचित वडाध्यक्ष सरद बरालविरुद्ध कुखुरा चोरीको आरोपमा उजुरी परेको छ ।

शेसीशहर नगरपालिका–६ चनौतीका कुखुरा पालक किसान सोमबहादुर राउतले वडाध्यक्ष बरालविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार वडाध्यक्ष बरालले गत मंगलबार (माघ २१ गते) आफ्नो फर्मको ढोका फोडेर कुखुरा चोरी गरी लगेको भन्दै राउतले उजुरी दिएका छन् । वडाध्यक्ष बरालले आफ्नो फर्मबाट ५ सय जति कुखुरा चोरी गरेर लगेको राउतको आरोप छ ।

तर, वडाध्यक्ष बरालले भने चोरी गरेको नभइ किसान राउतकै अगाडिबाट कुखुरा उठाएर लगेको बताएका छन् । वडाध्यक्ष बरालले आफ्नो ऋण नतिरेपछि राउतको फर्मबाट कुखुरा उठाएको दावी गरेका छन् ।

किसान राउतसँग उनले ४५ दिनसम्म कुखुरालाई दाना खुवाउन लागेको खर्च व्यहोर्ने गरी आफैंले उधारोमा दिएको कुखुरा उठाएर लगेको वडाध्यक्ष बरालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस